मिजोरममा भूकम्प, भारतीय मिडियामा नेपालको भूकम्पको चर्चा

भारतको पूर्वोत्तर राज्य मिजोरममा आइतबार विहान साढे सात बने भूकम्पको धक्का महसुस गरिएको छ । 

भारतको भूकम्प मापन विभागका अनुसार मिजोरमको यो भूकम्पको मापन ४.६ रेक्टर स्केल गरिएको छ । भूकम्पको केन्द्र मिजोरम चन्फई भएको बताइएको छ । 

भारतीय मिडियामा यो भूकम्पको समाचार आएसँगै नेपालमा गत बुधबार गएको भूकम्पको प्रसंग पनि जोड्न थालिएको छ । बिबिसी हिन्दीले मिजोरमको भूकम्पको उल्लेख गर्दै बुधबार नेपालको सिन्धुपाल्चोकमा भूकम्प गएको र यसको मापनअनुसार ६ रेक्टर स्केल गरिएको उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार ९:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया