पेरिसडाँडामा नेकपाको सचिवालय बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ । बैठकका लागि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक पेरिसडाँडामा पुगेका छन् । तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्रबीच पार्टी एकता भएपछि पहिलोपटक प्रधानमन्त्री ओली पेरिसडाँडा पुगेका हुन् । 

पार्टी एकता भएपछि तत्कालीन एमाले कार्यालय रहेको धुम्बाराहीको भाडाको भवनलाई नेकपाको कार्यालय बनाइएको छ भने, तत्कालीन एमाओवादी कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा रहेको कार्यालयलाई जनवर्गीय संगठनहरुको कार्यालय बनाइएको छ । 

पछिल्लो पटक चर्किएको नेकपाको विवाद समाधान भएपछि नेकपा सचिवालय बैठक पेरिसडाँडामा राखिएको हो ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषय, एमसीसी,  संवैधानिक राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ।





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १२:२७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया