साविक विजेता युभेन्टसले साम्पडोरियससँगको खेलबाट सिरी ‘ए’ को नयाँ सिजन सुरुवात गर्दैछ । खेल आइतबार (आज) युभेन्टसको घरेलु मैदान एलियन्ज स्टेडियममा नेपाली समयअनुसार राति साढे १२ मा हुनेछ ।
हालसम्म यी दुई टोलीबीच २५ खेलमा प्रतिस्पर्धा हुँदा युभेन्टसले १३ तथा साम्पडोरियाले ५ खेल आफ्नो पक्षमा पारेका छन् भने ७ खेल बराबरीमा टुङ्गिएको छ ।
दुवै टोली आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछन् । स्टार खेलाडीले भरिएको युभेन्टसलाई घरेलु मैदानमा जित निकाल्न केही सजह हुने देखिन्छ ।
त्यस्तै लिग अन्तर्गत आजै अन्य तीन खेल पनि हुनेछन् । साँझ सवा ४ बजे पार्माले घरेलु मैदानमा नापोलीको सामना गर्नेछ ।
बेलुका पौने ७ मा हुने खेलमा जिनोआ र कोर्टोन आमने–सामने हुनेछन् । खेल जिनोआको घरेलु मैदानमा हुनेछ त्यस्तै राति पौने १० बजे सासोउलोले घरेलु मैदानमा काग्लियरीसँग प्रतिस्पर्धा गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।