संविधान दिवसमा खेलाडी सम्मानित नभएकोमा कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गरी देशको गौरव बढाउने खेलाडीलाई संविधान दिवसका दिन सम्मानित गरिने विभूषणमा समावेश नगरिएकोमा आपत्ति जनाएको छ । कांग्रेसको खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले आइतबार एक विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारले संविधान दिवसको उपलक्ष्यमा महामहिम राष्ट्रपति ज्यू मार्फत प्रदान गरिने विभिन्न स्तरका विभूषणहरूमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गरी देशको गौरव बढाउने कुनै पनि विधाका खेलाडीहरूको नाम समावेश नभएको प्रति नेपाली काँग्रेस खेलकुद विभागको गम्भीर ध्यान आकर्षण भएको छ ।’ उनले सम्बन्धित निकायको ध्यान पुगोस् भन्ने अनुरोध पनि गरेका छन् ।





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार १७:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया