इन्डियन प्रिमियर लिग(आइपीएल) मा अहिले दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जाबबीच खेल हुँदैछ । दुबई अन्तराष्ट्रिय रंगशालामा जारी खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । सिजनको पहिलो खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने प्लेइङ ११ मा परेरन्।
चार विदेशी खेलाडीमा अस्ट्रेलियन अल्राउण्डर मार्कस स्टोनिस, वेस्टइन्डिजका ब्याट्सम्यान सिमरोन हेटमायर, दक्षिण अफ्रिकाका तीब्र गतिका बलर कागिसो रबाडा र दक्षिण अफ्रिकाकै अर्का फास्ट बलर एनरिक नर्ट्जे रहेका छन्।
दिल्लीले दुई स्पीनर रविचन्द्र आश्विन र अक्सर पटेललाई मैदानमा उतारेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।