माग पूरा नभएसम्म अनसन नतोड्ने डा. केसीको अडान

चिकित्सा शिक्षामा सुधारको माग गर्दै ८ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यअवस्था खराब भएपछि उनलाई काठमाडौं ल्याइँदै छ ।  

जुम्लाबाट काठमाडौं आउन लागेका डा. केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंमा पनि अनसन जारी राख्ने जानकारी दिएका छन् । उनले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान कायम राखेका हुन् । 

डा. केसी जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं आउँदै छन् । विज्ञप्तिमा उनले अनसन बसेको एक साता बितिसक्दा पनि सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले बल प्रयोग गरेर जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेकोमा उनले आक्रोश पोखेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन्। त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं।’

डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून भएपछि आइसियुमा उपचाररत उनका प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने चिकित्सकको सुझाबअनुसार उनलाई काठमाडौं ल्याउन लागिएको हो । 





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १६:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया