रेमिट्यान्स अब डिजिटल भुक्तानी प्रणालीमार्फत

विदेशमा काम गरिरहेका नेपालीले डिजिटल भुक्तानी प्रणालीमार्फत नै पैसा पठाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले अनुमति लिएर विप्रेषण कारोबार गर्दै आएका बैंक तथा वित्तीय संस्था तथा विप्रेषण प्रदायक कम्पनीलाई डिजिटल माध्यमबाट रकम भित्र्याउन पाउने बाटो खुला गरेको हो । 

योसँगै नेपालीहरूले काम गरिरहेका देशमा प्रयोग हुने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक्स कार्ड, डिजिटल वालेटलगायत प्रणालीमार्फत स्वदेशमा पैसा पठाउन पाउनेछन् ।

नेपाली कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालन रहेको डिजिटल पेमेन्ट इन्स्टु्मेन्ट सञ्चालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्नेछ । यस्ता संस्था उक्त देशको कानुन बमोजिम दर्ता भई त्यस देशको नियामक निकायबाट आउटवार्ड रेमिट्यान्स कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १७:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया