खर्च बढेर हैरान हुनुहुन्छ, यस्ता छन् – खर्च कटौतीका टिप्स

मानिसले आफ्नो आम्दानी अनुसार खर्च गरिरहेको हुन्छ । खर्चसँगै बचत पनि होस् भन्ने चाहना मानिसको हुन्छ । तर, आफ्नो कमाइ बचत गर्न नसकेर हैरान परिरहेका हुन्छन् । भविष्यमा आइपर्ने जोखिम न्यूनीकरणका लागि कसरी बचत गर्ने त ? आउनुहोस् केही बचत गर्ने उपायबारे चर्चा गरौं :–

१. दैनिक खर्चको अभिलेख राख्नुहोस्
हामीले दैनिक रुपमा उपभोग गर्ने विभिन्न वस्तुमा खर्च गरिरहेका हुन्छौं । तर, त्यो खर्चको हिसाब–किताब राख्न नसक्दा कहाँ कति खर्च भयो भन्नेबारे केही थाहा हुँदैन । यस्तो दैनिक खर्चलाई अभिलेखीकरण गर्न सके कहाँ केमा कति खर्च भएको थाहा हुन्छ  । यसले दैनिक खर्चमा केही रकम बचत गर्न सहयोग पुग्नेछ । 

२. सामान्य अवस्थामा ऋण नलिनुहोस्
हामी समस्या आइपर्दा विभिन्न खाले ऋण लिएर काम चलाउँछौं । सामान्य अवस्थाका लागि ऋण नलिँदा केही बचत गर्न सकिन्छ । 

३. विभिन्न संघसंस्थाको स्वचालित प्रणाली बन्द गर्नुहोस्
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा विभिन्न खाले स्वचालित प्रणाली लागु गरिएका हुन्छ । जहाँ हामीले थाहै नपाई हाम्रो खाताबाट पैसा खर्च भइरहेको हुन्छ । त्यसकारण त्यस्ता प्रणाली बन्द गरे आवश्यक पर्दा मात्रै पैसा खर्च गर्न सकिन्छ । 

४. मासिक खर्चको योजना बनाउनुहोस्
खर्चको उचित व्यवस्थापन तथा बचतका लागि मासिक खर्च योजना बनाउनु अति नै आवश्यक छ । यसले मासिक खर्चको पूर्वमूल्यांकन हुने भएकाले फजुल खर्च हुनबाट जोगाउँछ ।  

५. बचतलाई पहिलो प्राथमिकतामा राख्नुहोस्
नेपालको सन्दर्भमा बचतको विषय एकदमै पछाडि छ । अधिकांशले मासिक खर्च भएपछि बचेको रकम मात्रै बचत गर्ने गर्छन् । मानिसमा आवश्यकता असीमित हुने भएकाले आम्दानी सबै खर्च हुने गर्छ । जसले बचत नै नहुने समस्या कायम रहन्छ । त्यसकारण मासिक खर्चको योजना बनाउँदा बचत गर्न सक्ने रकम शुरुमै गर्दा राम्रो हुन्छ । 



६. प्राथमिकता छनोट गर्ने
मानिसले अन्धाधुन्ध खर्च गर्दा जे पायो त्यसैमा खर्च गर्ने गर्छन् । त्यसकारण आफूलाई आवश्यक वस्तुलाई प्राथमिकीकरण गर्दा खर्चमा कटौती गर्न सहयोग पुग्नेछ । 

७. सामानहरू एकमुष्ट रुपमा किन्ने
हामी प्रायः आवश्यक पर्दा सामान किन्ने गर्छौं । यसो नगरी महिनामा आवश्यक सामान एकमुष्ट किनेमा केही छुट पनि पाइने हुँदा बचतमा सहयोग पुग्नेछ । 



८. सकेसम्म घरमा खाने बानी गर्ने
हामी घरबाहिर खान पनि रुचि राख्ने गर्छौं । यस्तो बानीले हाम्रो खर्चमा अत्यधिक बृद्धि गर्ने गर्छ । यस्तो बानी छोडेमा बचतमा सहयोग पुग्नेछ । 

  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १८:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया