कांग्रेस बैठक १९ असोजमा बस्ने, सहभागीको कोरोना रिपोर्ट अनिवार्य

नेपाली कांग्रेसले आगामी १९ असोजका लागि केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । १४औं महाधिवेशनको तयारीबारे छलफलका लागि बैठक डाकिएको हो । 

पार्टीको केन्द्रीय कार्यालय सानेपामै हुने सो बैठकमा उपस्थित हुने पदाधिकारी तथा सदस्यले अनिवार्य रुपमा पिसिआर टेष्ट गराएर नेगेटिभ रिपोर्ट आए मात्रै बैठकमा बस्न पाउने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।  

पिसिआर परीक्षणको व्यवस्था भने पार्टीको केन्द्रीय कार्यालयले नै गरेको मुख्य सचिव पौडेलको भनाइ छ । त्यसका लागि कांग्रेसले १५ असोजमा केन्द्रीय कार्यालयमा पिसिआर परीक्षणको व्यवस्था मिलाएको छ ।   

पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिवार्य रुपमा असोज १५ गते बिहान ११ः०० देखि ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पिसिआर परीक्षण गराउने भएको हो ।





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १८:२७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया