विद्यालय भवन निर्माणको विषयमा गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

विद्यालय भवन निर्माणको विषयमा विवाद हुँदा गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रेसुङ्गा–१२ मा रहेको रानीपोखरी निम्न माध्यमिक विद्यालयको भवन निर्माणको विषयमा कांग्रेस र प्रहरीबीच झडप भएको हो । 

यसअघि भवन निर्माणको विषयमा नेकपा कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच विवाद हुँदा नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि कुटपिट गरेका थिए । 

आफ्ना कार्यकर्तालाई गम्भीर घाइते हुने गरी कुटपिट गर्ने नेकपा कार्यकर्तालाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेस गुल्मी आन्दोलनमा उत्रिएको छ । सो घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै कांग्रेसले जिल्ला प्रशासन कार्यालय​अगाडि धर्ना दिएको थियो । 

आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि रोक्ने प्रयास गर्दा प्रहरी र उनीहरुबीच झडप भएको हो ।

झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, प्रदेश नेता पूर्ण केसीलगायत दर्जनौँ कांग्रेस कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार  झडपका क्रममा चारजना प्रहरी पनि घाइते भएका छन् । 

जिल्ला प्रशासन कार्यालयले घटनामा संलग्न व्यक्तिमाथि मुद्दा दर्ता भइसकेको जानकारी दिँदै कोही पनि व्यक्ति कानुनबाट उम्कन नसक्ने जनाएको छ । 





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १९:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया