गुल्मी घटनाबारे कांग्रेसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण, गृहमन्त्रीले स्पष्टीकरण दिनुपर्ने माग

नेपाली कांग्रेसले गुल्मीमा आफ्ना कार्यकर्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै विरोध जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार साँझ विज्ञप्ति निकालेर सो घटनाप्रति आपत्ति जनाएका हुन् । 

शान्तिपूर्ण विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जाने क्रममा प्रहरीले दमन गर्दा जिल्ला सभापति भुवन श्रेष्ठ र प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायत कार्यकर्ता गम्भीर घाइते भएको कांग्रेसले जानकारी दिएको छ । 

स्थानीय प्रशासनले गरेको दुर्व्यवहारबारे तत्काल गृहमन्त्रीले सार्वजनिक स्पष्टीकरण दिनुपर्ने कांग्रेसको माग छ । घटनाबारे कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गराएको छ । 

गुल्मीको रेसुंगा–१२ मा रहेको रानीपोखरी निम्न माध्यमिक विद्यालय भवन निर्माणका विषयमा विवाद हुँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको र सो घटनाका दोषीमाथि कारबाही गर्न कांग्रेसले माग गरेको छ । 





  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार १९:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया