बलिउडमा अहिले निकै चर्चामा छन्, दुई कलाकार । एक हुन् कंगना रनौट र अर्का हुन्, सोनु सुद । कंगना पछिल्लो समय आफ्नो अभिव्यक्तिका कारण चर्चामा छिन् भने सोनु आफ्नो कामका कारण ।
पछिल्लो समय कंगनाले बलिउडमा निकै धेरै विषयमा आफ्नो आवाज बुलन्द बनाएकी छिन् । सोनुले पनि लकडाउनमा श्रमिकहरुको सेवा गरेर वाहवाही कमाएका छन् ।
यी दुईले यसअघि फिल्म मणिकर्णिकामा सँगै काम गरेका थिए । तर, फिल्मको बीचैमा सोनुले फिल्म छोडे ।
लामो समयसम्म यसबारे सोनुले केही बताएका थिएनन् । कंगनाले चाहिँ सोनुले महिला निर्देशकसँग काम गर्न नचाहेको बताएकी थिइन् । तर, अब सोनुले यसबारे प्रष्ट्याएका छन् । उनले भनेका छन्, ‘हामीले फिल्मको लामो अंश सुट गरिसकेका थियौँ । तर, अचानक निर्देशक हटाइयो । निर्देशकलाई हटाएपछि मैले कंगनासँग यो विषयमा कुरा गरेको थिएँ । तर, उनले मैले भनेको कुरा मानिनन् । अनि मैले फिल्म छोडेँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।