अमेरिकी दादागिरीलाई इरानले जवाफ दिनेछः इरानी राष्ट्रपति

इरानी राष्ट्रपति हसन रुहानीले इरानमाथि दोस्रोपटक संयुक्त राष्ट्रसंघकमा प्रतिबन्ध लगाउने विषयमा अमेरिकाको हार भएको बताएका छन् । युरोपेली सहयोगीहरुले अमेरिकाको यो निर्णयलाई कानुनी रुपमा अवैध भएको बताएपछि रुहानीले यो बताएका हुन् ।

देशको नाममा सम्बोधन गर्दै रुहानीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि फेरि प्रतिबन्ध लगाउनुको कारण इरानसँग गरिएको परमाणु सम्झौताको सर्तमा गरिएको बताएका छन् । अमेरिकाले आफूलाई यो सम्झौताबाट बाहिर आएको गत वर्ष नै घोषणा गरिसकेको थियो । 

तर, बेलायत, फ्रान्स तथा जर्मनीले अमेरिकाले यस्तो गर्न नपाउने बताएका छन् । 

यी तीन देशबाहेक चीन, रुस तथा अमेरिका सन् २०१५ मा भएको इरानसँगको परमाणु सम्झौतामा सहभागी भएका थिए ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमाथि प्रतिबन्ध लगाउने बताएका थिए । उनी बाराक ओबामाको कार्यकालमा भएको सम्झौताको आलोचक थिए र सन् २०१८ मा यो सम्झौताबाट अमेरिका पछाडि हटेको उनले घोषणा गरेका थिए ।



अमेरिकाले यो निर्णय गरेसँगै इरानले पनि परमाणु सम्झौता भएको समयमा आफूले गरेका सम्झौताहरु पालना गर्न आनाकानी सुरु गरेको थियो । अनि उसले युरोनियमको विकासमा फेरि काम गर्न थाल्यो । 

यही युरोनियम प्रवद्र्धनमा उसले गरेको कामविरुद्ध इरानलाई सजाय हुनु पर्ने अमेरिकाको दाबी हो । अनि संयुक्त राष्ट्र संघमा फेरि प्रतिबन्ध लगाउने इरानले बताएको थियो । तर, संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अन्य सबै सदस्यले अमेरिकी यो प्रस्ताव अस्वीकार गरिदिएका छन् । 



यही प्रसंगमा देशको नाममा सम्बोधन गर्दै रुहानीले भनेका छन्, ‘प्रतिबन्ध लगाउने आफ्नो योजनामा अमेरिकाले हार व्यहोरिसकेको छ, उसको हार अगाडि आइसकेको छ ।’ 

  • प्रकाशित मिति : असोज ५, २०७७ साेमबार २३:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया