चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा ‘सय गोविन्दको समय मिनेट अनशन’ हुने भएको छ । डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउन आज (मंगलबार) बेलुका ५ बजेदेखि माइतीघरमा अनशन सुरु हुन लागेको हो ।
‘उहाँको सत्याग्रहमा हाम्रो पनि समर्थन छ भनेर हामी सय जना जम्मा भएर १०० मिनेट अनशन बस्ने छौं’, डा. केसीका सहयोगी तथा सामाजिक अभियन्ता प्रितम सुवेदीले भने ।
डा. केसी विगत नौ दिनदेखि आमरण अनशनमा छन् । यो उनको १९ औं अनशन हो । १९ औं अनशन उनले जुम्लाको चन्दननाथ– ६ नगरपालिकामा अवस्थित बनबिरा मन्दिर परिसरमा सुरु गरेका थिए । तर, सुरक्षा र अन्य केही विविध कारणले उनले आफ्नो अनशनलाई काठमाडौंमा निरन्तरता दिने निर्णय गरेका छन् । त्यसका लागि उनी मंगलबार काठमाडौं फर्किँदै छन् ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रह जारी राख्ने छन् ।
अहिले देशका विभिन्न ठाउँमा डा. केसीप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न किसिमका आन्दोलनहरु भइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।