सिरी ‘ए’ फर्किए भिडाल

स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर अटुरो भिडाल पुनः इटालियन सिरी ‘ए’ मा फर्किएका छन् । उनलाई इन्टर मिलानले १ मिलियन युरोमा अनुबन्ध गरेको हो । 

चिलीका यी ३३ वर्षीय खेलाडी र इन्टर मिलानबीच २ वर्षको सम्झौता भएको छ । 

भिडाल यसअघि पनि सिरि ‘ए’ टिम युभेन्टसमा थिए । सन् २०११ देखि २०१५ युभेन्टसमा रहँदा उनले ४ सिरी ‘ए’ उपाधि जितेका थिए । 

युभेन्टसबाट जर्मन क्लब बायर्न म्युनिख पुगेका भिडाललाई बार्सिलोनाले सन् २०१८ मा अनुबन्ध गरेको थियो । 

बर्सिलोनामा २ सिजन बिताउँदा ९६ खेलमा ११ गोल गरेका भिडालले त्यहाँ १ ला लिगा तथा १ सुपर कोपाको उपाधि जितेका थिए । चिलीका लागि उनले ११५ खेलमा २८ गोल गरेका छन् ।
 





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १६:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया