पछिल्लो सात दिनमा करिब २० लाख कोरोना सङ्क्रमित

कोरोना तीव्र गतिमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ  । पछिल्लो एक साताको अवधिमा झन्डै २० लाख व्यक्ति कोरोनाबाट सङ्क्रमित भएको संगठनले जनाएको छ ।

डब्ल्युएचओको पछिल्लो तथ्याङ्क अनुसार सेप्टेम्बर १३ देखि २० सम्ममा  १९ लाख ९८ हजार ८९७ व्यक्ति सङ्क्रमित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका अनुसार यो एक साताको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या ६ प्रतिशतले बढेको छ र यो महामारी सुरु भएदेखि कै उच्च सङ्क्रमण दर हो । 

विश्वमा मङ्गलबारसम्म कोरोनाबाट ३ करोड १५ लाखभन्दा बढी सङ्क्रमित छन् भने मृत्यु हुनेको सङ्ख्या ९ लाख ६९ हजार ७०० भन्दा बढी पुगेको डब्ल्युएचओले बताएको छ । पछिल्लो तथ्याङ्क अनुसार सङ्क्रमण सबैभन्दा बढी अमेरिकामा ७० लाख ४६ हजार २१६ रहेको छ भने दोस्रो धेरै सङ्क्रमित भएको मुलुक भारतमा ५५ लाख ६२ हजार ६०० भन्दा बढी पुगेको छ । 

अमेरिकामा सङ्क्रमितमध्ये २ लाख ४ हजार ५०६ को मृत्यु भइसकेको छ । त्यस्तै बढी मृत्यु भएका अन्य मुलुकमध्ये ब्राजिलमा १ लाख ३७ हजार ३५०, भारतमा ८८ हजार ९६५, मेक्सिकोमा ७३ हजार ७००, बेलायतमा ४१ हजार ७८८ र इटलीमा ३५ हजार ७२४ व्यक्तिको महामारीका कारण ज्यान गुमेको छ ।





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १७:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया