दीपिकालाई लक्षित गर्दै कंगनाले भनिन्ः डिप्रेसन ड्रग्स लिनुको परिणाम हो

बलिउड अभिनेत्री कंगना रनौतले लागुऔषध प्रयोगकर्ताको सूचीमा अभिनेत्री दीपिका पादुकोणको नाम पनि उल्लेख गरेकी छिन् । ड्रगको केसमा दीपिका पादुकोणको पनि नाम रहेको र अब उनलाई एनसिबीले सोधपुछ गर्न सक्ने समाचार एजेन्सीले उल्लेख गरेका छन् । 

बलिउडकी सफल अभिनेत्री दीपिका केही वर्षअघिसम्म डिप्रेसनको समस्यासँग जुधेकी थिइन् । अहिले उनी डिप्रेसनमुक्त भएर यसबारे जनचेतना फैलाउने काममा पनि संलग्न भइरहेकी छिन् ।

केही महिनापहिले दीपिकाले रिपिट आफ्टर मी नामको एक पोस्ट गरेकी थिइन् । कंगनाले यसैलाई आधार बनाएर कटाक्ष गरेकी छिन्, ‘रिपिट आफ्टर मीः डिप्रेसन ड्रग्स लिनुको एक परिणाम हो । कथित हाई सोसाइटीका बच्चाहरु जसले आफूलाई हाई क्लासको दाबी गर्छ र राम्रो मौका पाउँछ, तपाईंको म्यानेजरसँग सोध्नुहोस् !’





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १७:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया