त्रिविलाई नेविसंघको १५ बुँदे ज्ञापनपत्र

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा आन्दोलन गर्दै आएको नेपाल विद्यार्थी संघले मंगलबार त्रिविका पदाधिकारीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले विभिन्न शैक्षिक मुद्दा सुनुवाइको माग गर्दै विश्‍वविद्यालयलाई ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्रमा नेविसंघले कोरोना भाइरसका कारण अन्योलमा परेका सम्पूर्ण परीक्षाको स्वरुप परिवर्तन गरेर कार्यतालिका यथाशीघ्र प्रकाशित गर्नुपर्ने, विश्वविद्यालयमा भएका सम्पूर्ण अवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने, सम्झौता अवधि समाप्त भएका विश्वविद्यालय परिसरमा रहेका निजी तथा सरकारी संस्थाहरुले भोगचलन गर्दै आएको जमिन विश्वाविद्यालयलाई हस्तान्तरण गर्नुपर्नेलगायत माग राखेको छ ।   

यस्तै, आफ्ना कार्यकर्तालाई झुटा मुद्दा लगाएर सात दिनसम्म थुनामा राख्नुको कारण स्पष्ट रुपमा खुलाएर आममाफी माग्नुपर्ने, विश्वविद्यालयमा नेपाल प्रहरीको प्रवेशमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्नेलगायत माग पनि समावेश छ । 

ज्ञापनपत्र बुझाउनुअघि नेविसंघ केन्द्रीय क्याम्पस समितिले उपकुलपतिको कार्यालयअगाडि नाराबाजी सहित जुलुस निकालेको थियो । 





  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार १९:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया