क्रिकेटको राष्ट्रिय पुरुष र महिला टिममा को–को परे खेलाडी ?

नेपाल क्रिकेट संघ (क्यान)को बैठकले राष्ट्रिय पुरुष र महिला टिममा परेका खेलाडीको सूची सार्वजनिक गरेको छ । 

यसअघि पुरुष टिमको मात्रै सम्झौ हुने गरेकोमा क्यानले पहिलोपटक महिला खेलाडीको पनि केन्द्रीय सम्झौता गरेको छ । सूचीमा पुरुषतर्फ १८ जना र महिलातर्फ १९ खेलाडी छन् ।

क्यानले खेलाडीलाई ए, बी र सी वर्गमा विभाजन गरेको छ । पुरुषतर्फ ए मा पर्नेले मासिक ५० हजार, बी मा पर्नेले ४० हजार र सी मा पर्नेले ३० हजार रुपैयाँ सुविधा पाउनेछन् । 

महिला खेलाडी भने ए मा पर्नेले १५ हजार, बी मा पर्नेले १२ र सी मा पर्नेले १० हजार रुपैयाँ मात्रै पाउनेछन् ।

केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०१९ को तलब दिँदा क्यानको केन्द्रीय सम्झौतामा २२ खेलाडी थिए । उनीहरुमध्ये केही बाहिरिएका छन् भने त्यतिबेला सम्झौतामा नपरेका सुवास खकुरेल र कमल ऐरी यसपटक परेका छन् ।

बाहिरिएका खेलाडीमा कुशल भुर्तेल, राजु रिजाल, प्रदीप ऐरी, ललितनारायण राजवंशी, इशान पाण्डे र सन्दीप जोरा छन् ।




यस्तो छ वर्गीकरणः

पुरुषतर्फः



ए श्रेणीः पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी ।

बी श्रेणीः  सुशन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सर्राफ ।

सी श्रेणीः सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल ऐरी ।

महिलातर्फः

ए श्रेणीः रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी ।

बी श्रेणीः ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर ।

सी श्रेणीः कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले ।

  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार २०:१२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया