के वीर अस्पतालमा कोरोना संक्रमितको आँखा–मुटु निकालिएको हो ?

तपाईं नियमित रुपमा सामाजिक सन्जाल फलो गर्नुहुन्छ भने मंगलबार पक्कै पनि एउटा विषयमा तपाईंको ध्यान गएको हुनुपर्छ । विषय हो, कोरोना संक्रमितको मृत्यु र उनको अंगहरु निकालिएको भन्ने दाबी । 

पहिले यो विषय कहाँको हो भन्नेबारे बुझौँ । 

यो हो, वीर अस्पतालमा भएको भनिएको एक घटना । त्यहाँ एक कोरोना संक्रमितको शरीरबाट आँखा र अन्य अंग झिकिएको, घाँटी काटिएको र शरीरमा फोकाहरु भएको एक शव रहेको विषयमा सामाजिक सन्जालमा निकै सेयर भइरहेको छ । 

अनि यस्ता दाबीहरुमा भनिएको पनि छ– परिवारले यी व्यक्तिको हत्या भएको आरोप लगाएको छ । परिवारको आरोप सही हो भन्दै निकै धेरैले यो विषयमा सेयर पनि गरेका छन् ।

घटना हो, रुपन्देही घर भएका ६३ वर्षका रामलखन जैसवालको मृत्यु र उनको शव वीर अस्पतालमा राखिनु ।

उनी खासमा केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेका थिए । तर, असोज ३ गते उनी निकै बिरामी भएको भन्दै वीर अस्पताल पुर्याइएको थियो । त्यहाँ उनलाई लगेसँगै अस्पतालका चिकित्सहरुले मृत घोषणा गरेका थिए । 



राति १० बजेर ५५ मिनेट जाँदा रामलखनलाई अस्पतालमा पुर्याइएको थियो ।

मृत भएपछि उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको थियो । ५ असोजमा उनलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । 



कोरोना संक्रमण पुष्टि भइसकेपछि उनको शव व्यवस्थापनमा अन्योल भयो । 

‘त्यसपछि उनको शव डिकम्पोज हुन थाल्यो, गल्न थाल्यो,’ वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए, ‘यसलाई नै परिवारले हत्या भएको हुनसक्ने आशंका गरेको हो ।’

गर्मीका कारण शव राखिरहँदा गलेकाले त्यस्तो भएको अस्पतालको दाबी छ । स्वभाविक हो, गर्मीमा केही दिन शव राख्दा त्यो गल्दै जान्छ ।

अर्कोतिर फेरि कोरोना संक्रमितको आँखा र अन्य अंग झिकेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्ने भन्ने कुरा सहज र सामाजिक सन्जालहरुमा दाबी गरिएको जस्तो होइन ।

  • प्रकाशित मिति : असोज ६, २०७७ मंगलबार २१:४३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया