कतै तपाईंकाे मस्तिष्क अस्वस्थ त हुँदै छैन ? यस्ता हुन्छन् लक्षण

मानिसको जीवनमा कहिलेकाहीँ उत्तारचढाव आइरहन्छ । जसले मानिसलाई अस्थिर बनाउँछ । त्यस बेला आफूलाई सन्तुलन राख्न गाह्रो पर्दछ । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी एउटा गम्भीर समस्या बनेको छ । दिमागलाई स्वस्थ राख्नका लागि आफ्ना अस्वस्थ व्यवहार हटाउँदै जानुपर्दछ । उनीहरूमा आफ्नो संवेदना, भावना, सोच, विचारलाई नियन्त्रण गर्न सकियो भने जीवनमा सफलता मिल्दै जान्छ । जीवनमा यस्तो उतारचढावमय अवस्था आइरहन्छन्, यस्तो अवस्थामा आफूलाई सन्तुलित राख्नु सबैभन्दा महत्वपूर्ण उपाय हो ।

दिमाग स्वस्थ नहुने कारण

  • काममा असन्तुष्टि,
  • धेरै समयसम्म चिन्तित हुनु,
  • कुनै कुराको रुचिको अभाव,
  • उमेरका कारण,
  • पौष्टिक खानाको कमी,
  • अनिद्रा, शारीरिक तथा मानसिक थकान,
  • नशालु पदार्थ सवेन ।

लक्षणहरू

  • मानसिक थकान,
  • अरूचि,
  • आलस्य,
  • कमजोरी,
  • निराश,
  • लामो समयसम्म स्मरण गर्न नसक्ने आदि ।


दिमाग स्वास्थ राख्न के गर्ने त ?

गल्तीबाट पश्चात्ताप नगनुहोस् 



गल्ती सबैबाट हुन्छ, जानेर वा नजानेर । गल्ती जानेर पो गर्नु हुँदैन, नजानेर हुने गल्तीका लागि मानिस धरै समयसम्म पछुताइरहेका हुन्छन् । तर यसो गर्नु राम्रो होइन । धेरै समयसम्म पहिला भएको गल्तीको पछुतो सम्झिरहँदा दिमागको क्षय हुन्छ ।

कुनै एउटा कुरालाई लिएर समय बबार्द नगनुहोस् 

कुनै समय खराब थियो भनेर जहिले पनि उस्तै हुँदैन । त्यसैले कुनै दिन एउटा कुनै अप्रिय घटना भयो भनेर त्यसैलाई मनमा खेलाएर पूरै दिन बबार्द गर्नु हुँदैन । त्यसैले सकारात्मक सोच राख्नुपर्दछ र नमीठो अनुभवलाई भुल्नुपर्दछ । एक्लोपन महसुस नगर्नुहोस् ।

सबैभन्दा दिमाग क्षय गर्ने ठूलो कारण एक्लोपन हो । मानिसहरू अधिकांश समय साथीभाइसँग बस्न रुचाउँछन् । मानिसहरू एक्लो भयो भने अनावश्यक कुरा सोच्न थाल्दछन् । बिस्तारै त्यसरी सोच्ने ग्रन्थि बन्द हुँदै जान्छ । त्यसैले एक्लोपनसँग डराउने होइन, समयको सदुपयोग गर्नुपर्दछ । 

अप्रिय कुरामा नअल्झिनुहोस् 

कुनै एक विषयलाई लिएर धेरै तनाव नहुनुहोस् । कुनै एक गल्तीले तपाईंको जीवनको पूरै प्रतिष्ठा सकिँदैन । त्यसैले तपाईं जिन्दगीका पानाहरू पल्टाउँदै जानुहोस् । कुनै एउटा घटनाले वा गल्तीमा अल्झिएर नबस्नुहोस् । 

परिवर्तनसँग नडराउनुहोस् 

सफताको माथिल्लो सिँढीमा पुग्नका लागि परिवर्तन हुन आवश्यक हुन्छ । मानिसको दिमाग परिवर्तनशील हुन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पुर्याउँछ । परिवर्तनसँग डराउने होइन, खुलेर सामना गर्ने विचारले दिमाग बढाँउछ । 

बितेका कुरामा चिन्ता नगर्नुहोस् 

बगेको खोला फर्किंदैन भनेझैँ बितिसकेका कुरा चाहे जतिसुकै पीडादायी भए पनि त्यसमा तपाईंले अहिले जति नै धेरै चिन्ता गरे पनि केही फरक पर्दैन । हिजो भइसकेको कुरालाई लिएर आज कुनै पश्चात्ताप गरिरहनुको औचित्य रहँदैन । त्यसैले आज तपाईंको अगाडि जे छ, त्यसैमा चित्त बुझाउने तथा राम्रो बनाउनेतर्फ प्रयास गर्नुपर्दछ ।

  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार ७:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया