आईपीएल : ‘छक्का’को रोचक प्रतिस्पर्धामा राजस्थानले चेन्नईलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स्ले चेन्नई सुपर किंग्स्को खेल रोचक बनेको छ ।  मंगलबार रातिको भएको खेल छक्का जोड्ने प्रतियोगिता जस्तै बनेको थियो । 

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानलेनले दिएको २ सय १७ रनको लक्ष्य चेन्नईले भेट्टाउन नसक्दा पराजित भएको हो । राजस्थानले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनायो । 

छक्का जोड्ने प्रतियोगिता जस्तो देखिएको यो खेलमा राजस्थानका सन्जू सैमसन, स्टीव स्मिथ र जोफ्रा आर्चरलेमात्रै १७ छक्का जोडे । 

यस्तै चेन्नईको तर्फबाट फाफ डु प्लेसिस, शेन वाटसन, सैम करण र महेन्द्र सिंह धोनीले मिलेर १६ छक्का जोडे । रोचक बनेको यो खेलमा छक्काको वर्षा नै भयो । दुवै टिमले खेलमा ३३ छक्का प्रहार गरेका हुन् । 
 

चेन्नईका फाप डु प्लेसिसीले ७२ रन जोडेपनि टिमलाई जिताउन सकेनन् । शेन वाटसनले ३३, केदार जादबले २२, मुराली विजय २१ र साम करनले १७ रन जोडे। चेन्नेइका कप्तान धोनी भने २० रनमा अविजित रहे ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिँदा  श्रेयास गोपाल, जोफ्रा आर्चर र टम करनले एकएक विकेट हात पारे ।



राजस्थानले पुरै २० ओभरमा सात विकेटको क्षतिमा  २ सय १६ रन बनाएको थियो । राजस्थानका लागि  सन्जु सामसन र कप्तान स्टिभ स्मिथले राम्रो रन जोडेका थिए ।

सामसनले ३२ बलमा ७४ रन बनाउँदा स्मिथले ४७ बलमा ६९ रन जोडे । राजस्थानका लागि जोफ्रा आर्चरले २७ र टम करनले अविजित १० रन जोडे ।



चेन्नईका लागि साम करनले ३ विकेट लिए भने दिपक चाहर, पियुस चावाला र लुंगी एनजिडीले एक एक विकेट लिए । यो जितसँगै राजस्थानले पहिलो खेलबाट दुई अंक जोडेको छ ।

चेन्नईको भने यो पहिलो हार हो । पहिलो खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।
 

  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार ५:४२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया