वेष्ट ह्यामका प्रशिक्षकसहित दुई खेलाडीमा कोरोना संक्रमण

इंग्लिस प्रिमियर लिग वेष्ट ह्याम युनाइटेडका प्रशिक्षकसहित दुई खेलाडीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । लिग क्लब वेष्ट ह्यामका प्रशिक्षक ५७ वर्षीय डेविड मोयज र दुई खेलाडीमा संक्रमण पुष्टि भएको हो । 

कोरोना संक्रमण पुष्टि भएका दुई खेलाडीमा २४ वर्षीय मिडफिल्डर जोश कुलेन र २३ वर्षीय डिफेन्डर इसा डिओप रहेका छन् । 

प्रशिक्षक र दुई खेलाडीलाई मंगलबार राति हल सिटीसँगको खेलको अन्तिम तयारी भइरहँदा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । प्रशिक्षकसहित दुई खेलाडीमा कोरोना पुष्टि भएपछि मैदान उत्रिएको वेष्ट ह्याम उक्त खेलमाा ५–१ ले विजयी भएको छ । 

संक्रमित प्रशिक्षक र खेलाडी गरेर तीनैजना आइसोलेशनमा गएका छन् । प्रशिक्षण पुष्टि भए लगत्तै उनीहरुलाई रंगशालाबाट घर पठाइएको क्लबले जनाएको छ ।

प्रशिक्षकमा बिना लक्षण कोरोना पुष्टि भएपछि उनी आइसोलेशनबाट नफर्किदासम्म क्लबले प्रशिक्षकको जिम्मेवारी एलन इरविनलाई दिएको छ ।  

 





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार ६:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया