अमेरिकामा कोरोनाले मर्नेको संख्या दुई लाख नाघ्यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा मृतकको संख्याले दुई लाख नाघेको छ।

कोरोना सम्बन्धी जानकारी अपडेट गर्दै  आएको वल्डोमिटरका अनुसार अमेरिकामा मात्र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख पाँच हजार नाघेको छ। यता 
जोन्स हप्किन्स विश्वविद्यालयले भने कोरोनाका कारण अमेरिकामा दुई लाख सात सय बढीको ज्यान गएको उल्लेख गरेको छ। 

कोरोनाले सबैभन्दा धेरै प्रभावित भएको भनिएको अमेरिकामा अहिले संक्रमितको संख्या ७९ लाख नाघेको छ। अमेरिकापछि भारत सबैभन्दा धेरै प्रभावित भएको देशमा पर्छ। भारतमा ५६ लाख ४० हजार बढी संक्रमित हुँदा ९० हजारले ज्यान गुमाएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीलाई गम्भीर रुपमा नलिदाँ ठूलो संक्रमण तिब्र बढेको आरोप लाग्ने गरेको छ। कोरोनाका पहिलो केस पुष्टि भएको ९ महिनामा दुई लाख बढीले ज्यान गुमाएका हुन्। 

आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदैछ। ट्रम्पलाई डेमोक््रयाटिकको तर्फबाट चुनौती दिन जो वाइडेन मैदानमा छन्। उनले ट्रम्पले कोरोना जोखिमलाई गम्भीर रुपमा नलिँदा लाखौँ अमेरिकीको ज्यान गएको आरोप लगाएका छन्। 
 
अहिलेसम्म विश्वभर कोरोनाले ३ करोड  १७ लाख बढी संक्रमित भएका छन् भने मृतकको संख्या ९ लाख ७५ हजार नाघेको छ। निको हुनेको संख्या भने २ करोड ३३ लाख बढी रहेको छ। 

नेपालमा भने ६६ हजार ६३२ संक्रमित हुँदा ४२९ जनाले ज्यान गुमाएका छन्।  





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार ८:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया