राष्ट्रसंघको महासभामा ट्रम्प र सीबीच आरोप प्रत्यारोप

संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका र चीन बीचको तनाव देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि कोरोना भाइरस (कोभिड-१९) फैलाएको आरोप लगाएपछि दुई देशको तनाव सार्वजनिक भएको हो । 

महासभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले कोरोना भाइरसले फैलाएको महामारीका लागि चीन जिम्मेवार हुनुपर्ने बताए । उनले यो भाइरस जहाँबाट फैलियो त्यही देश जिम्मेवार हुनुपर्ने बताए ।

ट्रम्पले कोरोना चीनले फैलाएको आरोप लगाए पनि चिनियाँ राष्ट्रपति सी चीनफिङले भने चीन कुनै देशसँग शीत युद्धमा प्रवेश नगर्न नचाहेको प्रष्ट पारे । उनले शीत युद्धमा प्रवेश गर्ने इच्छा चीनको नभएको प्रष्ट पारेका हुन् । 

चीनबाट फैलिएको कोरोना भाइरस महामारीको सम्पूर्ण जिम्मा चीनले लिनुपर्ने धारणा ट्रम्पले पटकपटक राख्दै आएका छन् । महासभामा समेत उनले त्यो भनाइ दोहार्‍याएका हुन् ।  उनको यो भनाइ विवादास्पद बन्दै आएको छ । 

कोरोना महामारीअघि पनि अमेरिका र चीन दुई शक्ति राष्ट्रबीच तनाव हुँदै आएको थियो । कोरोना महामारी फैलिएपछि भने यो विषयले चर्चा पाएको छ । 

कोरोना महामारीकै कारण राष्ट्रसंघको महासभा भर्चुअल रुपमा भइराखेको छ । विश्वभरका नेताहरुले भर्चुअल रुपमै सभालाई सम्बोधन गरिराखेका छन् । सभामा प्रत्येक देशबाट एकजना प्रतिनिधिलाई सहभागी गराइएको छ ।



अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख बढीको मृत्यु भइसकेको छ । यो महामारीले अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

चीनले भने यसको संक्रमणलाई नियन्त्रणमा लिइसकेको छ । केहीकेही केश फेला परे पनि अहिले चीनमा महामारीको रुपमा कोरोनाको त्रास छैन । 
 



  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार ९:०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया