युभेन्टस फर्किए मोराटा

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्ट्राइकर एल्भारो मोराटा इटालियन क्लब युभेन्टस फर्किएका छन् । उनलाई युभेन्टसले एक वर्षकालागि ‘लोन’मा भित्र्याएको हो । 

लोनमा भित्र्याए पनि युभेन्टसले एक सिजनकालागि १० मिलियन युरो तिर्नुपर्ने सर्त राखिएको छ । 

सम्झौता अनुसार युभेन्टस चाहेमा मोराटालाई स्थायी खेलाडीको रुपमा पनि अनुबन्ध गर्नसक्छ तर त्यसको लागि ४३ मिलियन युरो खर्चिनु पर्नेछ । 

२७ वर्षीय यी स्पेनिस स्ट्राइकर दोस्रो पटक युभेन्टस पुगेका हुन् । यसअघि सन् २०१४ देखि २०१६ सम्म युभेन्टसमा रहँदा उनले २ सिरी ए को उपाधी जितेका थिए । त्यहाँ उनले ९३ खेलमा २७ गोल गरेका थिए ।

उनी स्पेनिस क्लब रियल मड्रिड, इङ्लिस क्लब चेल्सी हुदै सन् २०१८ मा  एथ्लेटिको मड्रिड पुगेका थिए । मोराटाले एथ्लेटिकोकालागि ६१ खेलमा २२ गोल गरेका छन् ।





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १२:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया