विश्व चर्चित म्यागजिन टाइमले विश्वका सय प्रभावशाली व्यक्तिहरुको सूची निकालेको छ । यो सूचीमा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई समावेश गरिएको छ ।
कला, साहित्य तथा अन्य विभिन्न क्षेत्रसँगै राजनीतिक क्षेत्रका व्यक्तिहरुले पनि यो सूचीमा स्थान बनाएका छन् ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यो सूचीमा अटेका छन् ।
विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा विश्वका नेताहरुबाट विभन्न देशका प्रमुख परेका छन् । यो सूचीको एक नम्बरमा चाहिँ अमेरिकी स्वास्थ्य सल्लाहकार तथा विज्ञ डा. एन्थोनी फाउची एक नम्बरमा परेका छन् ।
त्यस्तै, आगामि अमेरिकी चुनावमा उपराष्ट्रपति कमला ह्यारिस, साइ इङ वेन र जोन रोबर्ट्स यो सूचीमा परेका छन् ।
एशियाली दुई महाशक्ति चीन र भारतका प्रमुखहरु सी जिनपिङ र नरेन्द्र मोदी पनि यो सूचीमा अटेका छन् । त्यस्तै, जर्मन चान्सलर एन्जेला मर्केल, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो, विश्व स्वास्थ्य संगठनका निर्देशक डा. टेड्रोस पनि यो सूचीमा परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।