फेरि एक महिना कडा लकडाउन हुनसक्ने

कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि नेपालमा र विशेषगरि काठमाडौंमा फेरि एक महिना कडा लकडाउन वा निषेधाज्ञा हुनसक्ने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण दर तीव्र गतिमा बढेको भन्दै एक महिना यसअघिको जस्तै लकडाउन र निषेधाज्ञा लगाउन सिफारिस गरेको छ । 

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार विहान बसेको बैठकमा यस विषयमा छलफल भएको हो । बैठकले एक महिना लकडाउन र निषेधाज्ञा नगरिए समस्या आउन सक्ने बताएको छ ।

‘कोरोना संक्रमण निकै तिव्र गतिमा फैलिएको छ, एक महिना पहिलेको जस्तै कडा लकडाउन र निषेधाज्ञा लगाउन जरुरी छ,’ बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिएका छन्, ‘अन्यथा अवस्था थप जटिल हुँदै जाने सम्भावना बढेको छ ।’

अहिले नेपालमा सक्रिय संक्रमितको संख्या झन्डै १७ हजार छ । अब सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भएमा निषेधाज्ञा वा लकडाउन गर्नुको विकल्प नभएको बताइएको छ ।





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार १७:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया