नेकपा प्रवक्ताले भेटे भारतीय राजदूत, सीमा समस्या सल्टाउन आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनय मोह क्वात्राबीच बुधबार श्रेष्ठकाे निवास हरिसिद्धीमा भेटवार्ता भएको छ ।

उनले परराष्ट्र मन्त्रालयलाइ जानकारी गराएर भारतीय राजदूतसँग भेट गरेकाे बताइएकाे छ ।

प्रवक्ता श्रेष्ठका अनुसार भेटका क्रममा नेपाल र भारतबीचका विविध पक्षमा छलफल भएको छ । उनले भने,  ‘उहाँसँग नेपाल भारत सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भयो ।’

उनले सीमा समस्या चाँडै वार्ताका माध्यमबाट हल गर्न भारतीय राजदूतलाई आग्रह गरेका थिए । प्रवक्ता श्रेष्ठले राजदूत क्वात्रासँग भारतसँग रहेका सीमा विवादबारे गहन छलफल भएको जानकारी दिए ।





  • प्रकाशित मिति : असोज ७, २०७७ बुधबार २१:१५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया