नाइजेरियामा तेल बोकेको ट्यांकर दुर्घटना हुँदा २५ जनाको मृत्यु, अधिकांश बालबालिका

नाइजेरियामा तेल बोकेको ट्यांकर दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेको ट्यांकरले अन्य गाडीलाई ठक्कर दिँदा कम्तिमा २५ जनाको मृत्यु भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्यांकर ब्रेक फेल भएर दुर्घटना भएको हो । स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले तयार पारेको समाचारमा ज्यान गुमाउनेमा अधिकांश बालबालिका छन् । 

दुर्घटनामा मृत्यु हुने धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी छन् । विद्यालय जानको लागि बाटो काटिरहेका बालबालिका दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार ६:१३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया