चेल्सीसामू बार्नस्लीको सीप चलेन : ६-० ले पराजित

बुधबार राति लिग कप फुटबल (इएफएल कप) अन्तर्गत भएको खेलमा चेल्सीले बार्नस्लीमाथि शानदार जित दर्ता गरेको छ । यो जितसँगै चेल्सी काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । 

तेस्रो चरणको खेलमा चेल्सीले बार्नस्लीलाई ६-० गोलको विशाल अन्तरले पराजित गरेको हो । चेल्सीले काई हार्भटजको ह्याट्रिक मद्दतमा फराकिलो जित दर्ता गरेको हो । चेल्सीका लागि काईको ह्याट्रिकसँगै ट्यामी अब्राहम, रस बाक्र्ली र ओलिभर जिरउडले एकएक गोल गरे ।

पहिलो हाफ प्रतिस्पर्धापूर्ण देखिएको थियो । १९ मिनेटसम्म खेल बराबरीमै चलेको थियो । चेल्सीका लागि पहिलो गोल अब्राहमले गरे भने २८ औँ मिनेटमा हाभर्टजले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता बनाए ।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै बाक्र्लीले अर्को गोल थपे । पहिलो हाफमै एक गोल गरेका हाभर्टजले ५५ र ६५ मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । चेल्सीका लागि ८३ औं मिनेटमा अर्को गोल गर्दै जिरउडले बार्नस्लीमाथि ६-० गोल अन्तरगको जित दर्ता गरे ।

बुधबार राति भएको अर्को खेलमा लेस्टर सिटी लिग कपको तेस्रो चरणबाट बाहिरिएको छ । आर्सनलसँग २-० ले पराजित हुँदै लेस्टर सिटी बाहिरिएको हो । 

 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार ६:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया