पेरिस सेन्ट-जर्मेन (पीएसजी) का एन्जल डी मारियाले चार खेल खेल्न नपाउने भएका छन् । १३ सेप्टेम्बरमा मार्सेइलीसँगको खेलको झगडामा उनको भूमिका देखिएपछि चार खेलमा प्रतिबन्ध लागेको हो ।
उक्त खेलमा डी मारियाले मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेलाई थुकेको आरोप छ । उक्त खेलमा पाँच खेलाडीले रातो कार्ड पाएका थिए।
खेलका क्रममा मारियाले रातो कार्ड भने पाएका थिएनन् । भीएआरमार्फत् समेत नहेरिएको खेलमा उनीमाथिको प्रतिबन्ध थुकेकै हो भन्ने एकिन भने नभएको समाचारमा जनाइएको छ ।
मारियाले पूरै समय खेलेको उक्त खेलमा पीएसजी १-० ले पराजित भएको थियो । खेलमा पीएसजीका तीन र मार्सेइलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।
नेइमारलेसमेत रातो कार्ड खाएको उक्त खेलको विवादको सम्बन्धमा छानबिन भइरहेको बताइएको छ । सोही छानबिनका क्रममा मारियालाई चार खेलमा प्रतिबन्ध लगाइएको हो । अझै छानबिन भइरहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।