चार किलोमा पहिरो जाँदा नरायणगढमुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर

लगातारको वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो  जादाँ सडक अवरुद्ध भएको हो । 

बुधबार राति पुनः पहिरो खसेपछि  सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । 

ट्राफिक प्रमुख भट्टका अनुसार राति लेदोसहित पहिरो खसेको हो । सोही स्थानमा बुधबार दिउँसो ४ः३० बजे पहिरो खसेको थियो।  पहिरो पन्छाए साँझ ७ बजेपछि खुला भएको सडक पुनः पहिरोले पुरिएको हो ।

त्यसैगरी पृथ्वी राजमार्गको नारायणगढ-नौबिसे सडकखण्ड भने एकतर्फी खुलेको छ । उक्त सडकखण्डको कुरीनटारमा आएको पहिरो पन्छाएर बुधबार रातिबाट सडक एकतर्फी सञ्चालनमा आएको हो ।

लगातार पानी पर्न थालेपछि नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको छ।
 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार ७:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया