लगातार वर्षापछि पहिरोले घर भत्किएर स्याङजामा एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१४ मा रहेको माया परियारको घर भत्किएको हो ।
१० जना रहेको उक्त घरमा एकजनाको उद्धार भएको छ भने अन्य आठजना पुरिएका छन् । प्रहरीका अनुसार घरभित्र रहेका १० मध्ये एक जनाको शव निकालिएको हो । अर्को एकजनाको उद्धार भएको छ । अरु आठ जनालाई निकाल्ने प्रयास भइरहेको छ ।
घर माथिबाट पहिरो निरन्तर झरेकाले आठ जनाको उद्धारमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।
गएराति नै स्याङजाको कालीगण्डकी गाउँपालिका ४ मा समेत पहिरोले एकजनाको मृत्यु भएको छ । सुतिरहेको बेला पहिरो खसेर विष्णु परियारको मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।