पाल्पामा पहिरोले घर पुरियो : ६ जना बेपत्ता
फाइल तस्बिर

पाल्पामा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि माथिबाट आएको पहिरोले दुई घर पुर्दा ६ जना बेपत्ता भएको स्थानीयले बताएका छन् । 

पाल्पाको रम्भा गाउँपालिका-२ फोक्सिङकोटका हुमबहादुर गाहाको घर पुरिँदा श्रीमती, छोरी र दुई नातिनी गरेर पाँचजना बेपत्ता भएका छन् । 

पहिरोले घर पुरिँएको सूचना पाए लगत्तै प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरीको टोली घटनास्थलतर्फ गएको जानकारी दिएको छ । पहिरोले एकै परिवारका पाँच जना पुरिएको स्थानीयले जानकारी दिएपछि प्रहरी घटनास्थलतर्फ गएको गाउँपालिका अध्यक्ष विष्णुकुमार भण्डरीले बताए । 

त्यसैगरी गएराति नै रम्भा गाउँपालिका-२ कै सुरुङ डाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता सबैको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका एसपी सन्तोषकुमार भट्टराईका अनुसार हुंगी प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको छ ।  





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार ८:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया