कोरोना संक्रमण : विश्वमा नेपालको स्थान कहाँ ? चीनलाई उछिन्दै

जोन्स हप्किन्स युनिभर्सिटीले बिहीबार बिहान ६ बजे अपडेट गरेको आँकडाअनुसार विश्वमा ३ करोड १७ लाख ७९ हजार ८३५ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ७५ हजार १०४ छ । कोरोना संक्रमण भई मुक्त हुने २ करोड १८ लाख ९० हजार ४४२ जना छन्। 

विश्वको तथ्यांकअनुसार कोरोना संक्रमणबाट मृत्युदर ३ प्रतिशत छ । 

नेपालमा कोरोना संक्रमणको पहिलो केस २०७६ माघ महिनामै फेला परेको थियो। कोभिड–१९ कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहान शहरबाट नेपाल आएका नेपालगन्जका युवाका संक्रमण देखिएको थियो। 

त्यसको करिब दुई महिनापछि मात्रै नेपालमा कोभिडको दोस्रो केस फेला पर्‍यो। चैत्र ९ गते मात्रै भेटियो। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी काठमाडौंकी युवतीका संक्रमण देखिएको थियो। 

सुरुमा चीन, त्यसपछि दक्षिण कोरियामा फैलिएको कोरोना युरोप र अमेरिकातिर व्यापक बनिसकेको थियो। भारतमा पनि रफ्तार लिइरहको थियो। नेपालमा जम्मा दुई जनामा मात्रै संक्रमणको पुष्टि हुँदा सरकारले लडडाउन सुरु गर्‍यो। त्यसपछि निकै दिनसम्म फाट्टफुट्ट त्यो पनि विदेशबाट आएका व्यक्तिमा मात्रै संक्रमण फेला परिरहेको थियो। बेलैमा लकडाउने गर्ने सरकारको सुझबुझपूर्ण निर्णयले नेपालमा कोरोना रोकिएको भन्ने चर्चा भइरहेको थियो। 

नेपालमा भन्दा केहीअघि लकडाउन सुरु गरेको भारतमा संक्रमणको दर तीव्र भइरहेको थियो। विश्वका करिब २०० जति देशमा संक्रमण फैलिइसकेका बेलामा संक्रमितको संख्यामा आधारमा नेपाल निकै पछिल्लो क्रममा थियो। अरु देशका संक्रमितको संख्या हेरेर नेपालीहरु जिब्रो टोक्ने गर्थे। नेपालमा पनि त्यस्तै भयो भने ? त्यो कुराको कल्पनाले मात्रै पनि अत्याइरहेको हुन्थ्यो धेरैलाई।  इटाली, स्पेन अमेरिका लगायतका देशमा अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ नभएको, दिनहुँ सयौँको संख्यामा संक्रमितको मृत्यु भइरहेको, ठूलो संख्यामा संक्रमित थपिएका यस्तै खबरहरु पढेर, सुनेर डराइरहन्थे नेपालीहरु।



त्यसको केही महिनापछि अहिले नेपाल कोरोना संक्रमण दरमा ती देशहरुको हाराहारी पुगिसकेको छ, जुन देशको आँकडा हेर्दै हामी जिब्रो टोक्थ्यौँ, अझ तीमध्ये कतिपय देशहरु नेपालभन्दा निकै पछि छन्। 



सुरुमा कोभिड–१९ भाइरस भेटिएको चीनको भन्दा नेपालमा संक्रमतिको संख्या अहिले २५ हजारले मात्रै कम छ। अहिले चीनमा दैनिक १०/२० जना मात्रै संक्रमित भेटिँदा नेपालमा प्रतिदिन १ हजारभन्दा धेरै संक्रमित थपिइरहेका छन्। यस आधारमा हेर्दा नेपालले अबको एक महिना अगाबै संक्रमित संख्यामा चीनलाई उछिन्ने देखिन्छ। 

जोन्स हपकिन्स युनिभर्सिटीले बिहीबार बिहान अध्यावधिक गरेको आँकडा अनुसार संक्रमित संख्याका आधारमा नेपाल धेरै संक्रमित हुने राष्ट्रमा  ५२औं स्थानमा छ। चीन  चीन ४०औं नम्बरमा  छ। 

संक्रमितको संख्याका तुलनामा चीनको भन्दा नेपालको मृत्युदर भने कम छ। नेपालमा मृत्युदर १ प्रतिशतभन्दा पनि कम रहेको छ भने चीनमा ५ प्रतिशतभन्दा बढी देखिन्छ। 
कोभिड–१९ को आँकडामा नेपाल र चीन(२०७७ असोज ७ गते बिहान ६ बजेसम्म) 

नेपालभन्दा संक्रमित संख्या बढी रहेका तर मृत्युको संख्या कम रहेका राष्ट्रहरु कतार रह यूएई रहेका छन्। १ लाख २ ४ हजार १७५ मृत्यु संक्रमित संख्या रहेको कतार संक्रमित संख्याका आधारमा २९औं स्थानमा छ तर कोरोनाबाट मृत्यु हुनेको सख्या २१२ मात्रै छ। 
 

२८औं स्थानमा रहेको इक्वेडरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १७१ हुँदा ३०औं स्थानमा रहेको रोमानियामा ४ हजार ५५० जनाको कोरोनाबाट मृत्यु भएको छ। 

संक्रमित संख्याको आधारमा ४२औं स्थानमा रहेको यूएईमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४०६ मात्रै छ।  
नेपालभन्दा कम संक्रमित भएका ६०औं स्थानसम्मका राष्ट्रहरुमा सिंगापुर र बहराइनबाहेक अरु सबैमा मृत्यु संख्या नेपालको भन्दा धेरै छ। संक्रमित संख्याका तुलनामा सबैभन्दा धेरै मृत्यु संख्या कम सिंगापुरमा देखिन्छ। ५७ हजार ६३९ जनामा संक्रमण पुष्टि हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ जना मात्रै छ। 

करिब ३९ हजार १४५ संक्रमित रहेको दक्षिण एसियाली राष्ट्र अफगानिस्तानमा मृत्यु हुनेको संख्या १४४६ छ।  
कोरोना संक्रमणलाई छिट्टै नियन्त्रण गर्न सफल भएको मानिएको अस्ट्रेलियामा संक्रमित संख्या करिब २६ हजार ९८६ हुँदा त्यहाँ मृत्यु हुनेको संख्या ८६१ छ। 

चीनपछि कोरोना संक्रमण फैलिएको दक्षिण कोरियाले यसलाई नियन्त्रणमा लिन सफल भयो। दक्षिण कोरियामा २३,२१६ संक्रमित देखिँदा मृत्यु हुनेको संख्या ३९३ पुगेको छ। 

तुलनात्मक रुपमा हेर्दा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको न्यून नै रहेको देखिन्छ। यद्यपी नेपालका संक्रमणको दर थामिएको छैन। राजधानी लगायत घनाबस्ती भएका शहरमा यो फैलिइरहेको छ। लकडाउन, निषेधाज्ञाजस्ता तरिकाले पनि खासै काम गरेको देखिँदैन। 

पहिलेको तुलनामा मान्छेमा कोरोनासँगको डर भने निकै घटेको देखिन्छ। सायद अव यससँगै अभ्यस्त भएर अघि बढ्नुपर्ने रहेछ भन्ने वास्तविकता धेरैले मनन् गरिसके। चीनमा कोरोना लाग्ने मान्छे यति पुगे रे, भन्दा कान ठाडा बनाउने हामी केही दिनमै त्यो भन्दा धेरै संख्या नेपालमा पुगेको सुन्नु पर्ने बाध्यतामा छौं। 

  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १०:५७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया