नेपाल–चीनबीच सीमा विवाद देखिएको डोल्पामा दुई देशबीचको सीमास्तम्भ भेटिएको छ । नेपाल-चीन सीमामा रहेको ११ पिलर फेला परेको हो ।
५८ वर्षपछि सो सीमास्तम्भ भेटिएको बताइएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीसहित गएको सुरक्षाकर्मीको टोलीले हराइरहेको भनिएको सीमास्तभ फेला पारेको हो ।
डोल्पाको नाम्खा गाउँपालिका ६ टाकुलेमा करिब ५२ सय मिटर उचाइमा भेटिएको
भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिएका छन् ।
यसै सीमास्तम्भ नभेटिएका कारण चीनले सीमाक्षेत्रमा बनाएको भवन नेपालतर्फ रहेको अनुमान नेपाल पक्षको थियो । गाउँपालिका अध्यक्ष तामाङका अनुसार टाकुले लेकको खोचमा हिउँमा पुरिएको अवस्थामा ११ नम्बर पिलर फेला रहेको हो ।
सीमास्तम्भ भेटिए पनि चीनले सीमाक्षेत्रमा बनाएको भवन कसको भूभागमा पर्छ भन्ने खुल्न बाँकी रहेको अध्यक्ष तामाङले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।