नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ । पछिल्लो दुई दिन लगातार ओरालो लागेको सुनको मूल्य बिहीबार १ हजार २०० रुपैयाँले घटेर तोलामा ९३ हजार १०० कामय भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा बिहीबार तेजाबी सुन पनि १२ सय रुपैयाँले नै सस्तो बनेको छ ।
यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँले घटेर १ हजार १२० रुपैयाँ कायम भएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।