भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३२ हजार, एकै दिन थपिए ८६ हजार

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ हजार १४९ जना पुगेको छ । 

भारतमा हाल ९ लाख ६६ हजार सक्रिय संक्रमित छन् भने ४६ लाख ७४ हजार ९८८ जना डिस्चार्ज भइसकेका छन् । 

भारतीय राज्यमध्ये महाराष्ट्र सबैभन्दा प्रभावित रहेको छ । त्यहाँ हालसम्म २ लाख ७४ हजार सक्रिय संक्रमित छन् भने ३३ हजार ८८६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । 

त्यस्तै, कर्नाटकामा हाल करिब ९५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ८ हजार २६६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तेस्रो सर्वाधिक प्रभावित राज्य अर्कोतर्फ आन्ध्र प्रदेशमा ७० हजार मानिस सक्रिय संक्रमित छन् भने ५ हजार ५०७ जनाको मृत्यु भइसकेको छ । 



हालसम्मम ६ करोड ७४ लाख ३६ हजारको परीक्षण गरिएको भारतमा पछिल्लो एक दिनमा मात्र ११ लाख ५६ हजारको परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद (आइसिएमआर) ले जनाएको छ । 
 



  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १३:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया