दक्षिण कोरियाका अधिकारीको गोली हानी हत्या

दक्षिण कोरियाले आफ्ना एक सरकारी अधिकारीलाई उत्तरकोरियाले गोली हानी हत्या गरेको दाबी गरेको छ ।

दुई देशको जलसीमा नजिकै गस्ती गर्ने एउटा डुंगाबाट ती अधिकारी बेपत्ता भएका थिए । उनको शव जलेको अवस्थामा उत्तर कोरियामा भेटिएको थियो । 

मन्त्रालयले भनेको छ, ‘उत्तरका सैनिकले दक्षिण कोरियाका अधिकारीलाई गोली हानेको अनि शरीरमा तेल खन्याएर आगो लगाइदिएको छ ।’ देशमा कोरोना भाइरस प्रवेश गर्न नदिने उद्देश्यले 'गोली हानेर हत्या' गर्ने नीति लागु गरेको अनुमान गरिएको छ ।

यो आरोपबारे प्योङ्याङले कुनै प्रतिक्रिया दिएको छैन । उत्तर कोरियाले आफ्नो सीमामा समेत कडाइ गरेको छ । 

दक्षिणको रक्षा मन्त्रालयका अनुसार ४७ वर्षीय ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागमा कार्यरत थिए । यन्प्युङ टापु नजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुंगामा गस्ती गरिरहेका बेला सोमबार उनी हराएका थिए ।

जुत्ता छोडेर लाइफ ज्याकेट लगाएर उनले डुंगा छोडेको जस्तो देखिएको दक्षिणका अधिकारीहरूले बताएका छन् । उनले देश छोडेर भाग्न खोजेको अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १५:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया