ओली–प्रचण्ड भेट : मन्त्रिपरिषद् पुनर्गठनबारे निष्कर्ष निस्केन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको हो ।

बिहान ११ः३० बाट सुरु भएको छलफल करिब दिउँसो साढे २ बजेसम्म चलेको थियो । तर, दुई अध्यक्ष बीचको छलफलले मन्त्रिपरिषद् तत्काल पुनर्गठन गर्ने सम्बन्धमा कुनै निष्कर्ष निकालेको छैन । ‘उहाँहरूबीच आज लामो छलफल भयो । छलफलमा मन्त्रिपरिषद्को पुनर्गठनका सम्बन्धमा छलफल भएको हो’, नेकपा अध्यक्ष प्रचण्डनिकट स्रोतले भन्यो, ‘छलफल लामो भए पनि मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा छलफलले कुनै निष्कर्ष निकालेको छैन ।’

गत असोज ४ गते पेरिस डाँडामा बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम पूरा गर्ने प्रस्ताव तयार पार्न जिम्मेवारी दिएको थियो । आज बालुवाटारमा भएको शीर्ष नेताको बैठकमा सोही विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १६:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया