सेयर बजार बिहीवार ५ दशमलव ७४ अंक बढेर बन्द भएको छ । दिनभर लगभग स्थिर रहेको बजार १५ सय ६१ दशमलव २७ विन्दुमा अडिएको हो ।
बुधवार ९ दशमलव ३७ अंक बढेर १५ सय ५५ दशमलव ५२ बिन्दुमा बन्द भएको बजार बिहीवार १ हजार ५६५ दशमलव ३१ विन्दुदेखि खुलेको थियो । साताको अन्तिम कारोबार दिन बिहीवार २ अर्ब २३ करोड ३४ लाख ८९ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । परिसूचकसँगै कारोबार रकम बुधबारको तुलनामा वृद्धि भएको छ ।
बुधवार १ अर्ब ७२ करोड ७८ लाख २१ हजार रुपैयाँबराबरको ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर कारोबार भएको थियो । बिहीवार भने १९३ ओटा कम्पनीको २ अर्ब २३ करोड ३४ लाख ८९ हजार रुपैयाँबराबरको ८९ लाख ७१ हजार ३०३ कित्ता सेयर कारोबार भएको छ ।
कुल कारोबार रकममा सर्वाधिक हिस्सा यो दिन जलविद्युत् कम्पनीले ओगटेको छ । बिहीवार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा अरुण काबेली पावर लिमिटेड रहेको छ । अरुणको यस दिन १४ करोड ७८ लाख ६४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो कम्पनीका रुपमा रहेको अपर तामाकोशीको ९ करोड ५९ लाख ३६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
बिहीवार सर्वाधिक रकमको कारोबारसँगै सर्वाधिक सेयरमूल्य वृद्धि पनि जलविद्युत् कम्पनीहरूकै भएको छ । बिहीवार ९ प्रतिशतभन्दा बढी सेयरमूल्य बढ्ने १६ ओटा कम्पनीमध्ये १५ ओटा जलविद्युत् कम्पनी रहेका छन् ।
बिहीबार सर्वाधिक सेयरमूल्य बढ्नेमा अपि पावर कम्पनी रहेको छ । अपिको सेयरमूल्य ९ दशमलव ७६ प्रतिशतले बढेर अन्तिम मूल्य रू. १८० कायम भएको छ ।
नौ प्रतिशतभन्दा बढी सेयरमूल्य बढ्नेमा जलविद्युत् समूहबाहेक युनाइटेड फाइनान्स लिमिटेड रहेको छ । उक्त कम्पनीको सेयरमूल्य ९ दशमलव १७ प्रतिशतले बढेको छ । यस दिन उक्त कम्पनीको अन्तिम मूल्य रू. २६२ कायम भएको छ ।
बिहीबार कारोबारमा आएकामध्ये व्यापारिक समूहको परिसूचक सर्वाधिक अर्थात् ६ दशमलव ९५ प्रतिशत बढेको छ । यो दिन बैंकिङको शून्य दशमलव शून्य ७ प्रतिशत, होटलको १ दशमलव शून्य १ प्रतिशत, जलविद्युतको ४ दशमलव ४९ प्रतिशत, वित्तको १ दशमलव २९ प्रतिशत र अन्यको शून्य दशमलव ८९ प्रतिशत परिसूचक बढेको छ ।
त्यसैगरी, यस दिन विकास बैंकको शून्य दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य २ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ४५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक घटेको छ ।
बिहीवार सर्वाधिक सिटिजन्स म्युचुअल फण्ड–१ को इकाइ मूल्य घटेको छ । यस फण्डको इकाइ मूल्य २ दशमलव १२ प्रतिशत घटेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।