उत्तर कोरियाले आफ्ना कर्मचारीको हत्या गरेको दक्षिणको आरोप

दक्षिण कोरियाले उत्तरले आफ्ना एक अधिकारीको हत्या गरेको आरोप लगाएको छ । बिहीबार दक्षिण कोरियाको रक्षा मन्त्रालयले यसलाई उत्तरको  ‘क्रूर कदम’ भएको बताएको छ ।

माछा पालन विभागमा काम गर्ने एक अधिकारी उत्तर कोरियासँगको सीमाक्षेत्रबाट हराएको र पछि उनको शव उत्तर कोरियाको समुद्रमा फेला परेको भन्दै दक्षिणले उनको हत्या उत्तर कोरिया समुद्रमा फ्याँकिदिएको दाबी गरेको छ । 

उत्तर कोरियाका सेनाले उनलाई गोली हानी हत्या गरेको र शरीरमा तेल खन्याई आगो लगाइदिएको दक्षिण कोरियाली सेनाको आरोप छ । यसबारे उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

उत्तर कोरियाले दक्षिण कोरियाली नागरिकलाई गोली हानी मारेको यो दोस्रो घटना हो । सन् २००८ मा उत्तर कोरियाका सैनिकले एक पर्यटकलाई गोली हानी मारेका थिए ।





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १७:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया