पशुपतिनाथ मन्दिर र लुम्बिनी खुला गर्ने तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपतिनाथ मन्दिर र लुम्बिनी खुला गर्न सिसिएमसीमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।  

बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले धार्मिकस्थल खुला गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिमका कारण ६ महिनायता पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । 

यद्यपि, पुजारीहरुबाट नित्यपूजा भने चलिरहेको छ । मन्त्रालयले मापदण्ड बनाएर मन्दिर खुला गर्ने प्रस्ताव गरेको छ । 

मन्त्री योगेश भट्टराईले यसबारे कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकमा सो प्रस्ताव लैजाने भएका हुन् । 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १७:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया