मुम्बईमा रहेर आइपिएलको कमेन्ट्री गर्दै आएका पूर्व क्रिकेटर जोन्सको मृत्यु

अस्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको मृत्यु भएको छ । ५९ वर्षीय हृदयघातका कारण मुम्बईमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले खबर दिएका छन् ।  अहिले मुम्बईमा बसेर यूएईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आइपिएल)को कमेन्ट्री गर्दै आएका थिए । 

ब्याट्सम्यान जोन्सले १९८४ देखि १९९४ सम्म अस्ट्रेलियाको राष्ट्रिय टोलबाट उनले क्रिकेट खेलेका थिए । 

अस्ट्रलियाको राष्ट्रिय टोलीले खेलेका ५२ टेस्ट र १६४ एकदिवसीयमा जोन्स सहभागी थिए । यस क्रममा उनले टेस्टतर्फ ८९ इनिङमा ब्याटिङ गर्दा ३६३१ र एकदिवसीय प्रतियोगिताका १६१ इनिङमा ६०६८ रन जोडेका थिए । 

उनी पछिल्लो समय क्रिकेट कमेन्ट्रीमा निकै रुचाइएका व्यक्ति थिए।

 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार १७:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया