प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाएको छ । रेग्मीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
रेग्मीको ठाउँमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई सरुवा गरिएको छ । खड्कालाई धादिङ काज सरुवा गरिएको हो ।
प्रहरी महानिरीक्षक शैलस थापा क्षेत्रीले कार्यसम्पादन कमजोर भएका र आर्थिक विवादमा मुछिएका इन्चार्जलाई जिम्मेवारीबाट हटाउँदै आएका छन् । बिहीबार दुई एसपीलाई परस्पर काज सरुवा गर्नुलाई यसैको निरन्तरताका रुपमा लिइएको छ ।
यद्यपि, प्रधान कार्यालयले रेग्मीलाई किन हटाइएको भन्नेबारे केही खुलाएको छैन । अवधि नपुगीकन गरिएको सरुवा भएका कारण उनकाे सरुवाबारे विभिन्न अड्कालबाजी भने भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।