बैकिङ कसुरमा १२ करोड जरिवाना सुनाइएकी फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ५६ वर्षीया जयन्ती केसी छिन् ।
प्रहरीले उनलाई काभ्रेको बनेपा–६ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना नेतृत्वको टोलीले उनलाई पक्रेको हो ।
उनलाई उच्च अदालत, पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा ९ करोड ४७ लाख ९२ हजार एक सय १६ रुपैयाँ र दुई करोड ३५ लाख गरी ११ करोड ८२ लाख ९२ हजार एक सय १६ रुपैयाँ जरिवाना सजायको फैसला सुनाएको थियो ।
काभ्रेका प्रहरी प्रमुख एसपी रविराज पौडेलका अनुसार अदालतले २९ वैशाख २०७१ मा दुईवटा मुद्दामा उनलाई दोषी ठहर्याउँदै ३–३ वर्ष कैद सजाय समेत सुनाएको थियो ।
अदालतको आदेशपछि फरार उनी बिहीबर ६ वर्षपछि पक्राउ परेकी हुन् । जिल्ला अदालत धुलिखेलको आदेशमा उनलाई जिल्ला कारागार, धुलिखेल पठाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।