गोरखापत्रको सम्पादक चयन विवाद : सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलायो

सरकारी समाचारपत्र गोरखापत्रको सम्पादक चयनसम्बन्धी विवादमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

गोरखापत्र संस्थान व्यवस्थापनले साउन १६ गते निमित्त प्रधान सम्पादकमा श्रीधर आचार्यलाई नियुक्त गरेको थियो ।

संस्थाकी प्रबन्ध सम्पादक हरिकला अधिकारीले विनियमावली विपरीत सम्पादकीयको जिम्मेवारी दिएको भन्दै दायर गरेको रिटमा अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

निवेदकको माग दाबीअनुसार आदेश जारी गर्ने वा नगर्ने छलफलका लागि सर्वोच्चले असोज १४ गते दुवै पक्षलाई बोलाएको हो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सो आदेश दिएको हो ।

संस्थान व्यवस्थापनले साउन १६ गते नै अधिकारीलाई निमित्त महाप्रबन्धकमा नियुक्त गरेको थियो । उनले सो पत्र बुझ्न अस्वीकार गरेकी थिइन् । 

संस्थानको विनियमावली अनुसार आफूलाई काम लगाउन भन्दै उनले भदौ ३१ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार २०:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया