भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई भारतले दियो १ अर्ब ५४ करोड

भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई भारतले १ अर्ब ५४ करोड रुपैयाँ दिएको छ ।  

काठमाडाैंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई सो रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् । 

सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका कार्यहरुलाई प्रभावकारी कार्य सम्पादन गर्न गरेको प्रतिबद्धताअनुरुप सो रकम प्राप्त भएको हो ।

नेपाललाई भारत सरकारले आवास परियोजनाअन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । योसहित  भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई ७२ मिलियन अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराइसकेको छ । 





  • प्रकाशित मिति : असोज ८, २०७७ बिहीबार २०:५५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया