डा. केसीका मागप्रति संवेदनशील बन्न सरकारलाई मानवअधिकार आयोगको सुझाव

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा. केसीका मागप्रति संवेदनशील बन्न सरकारलाई मानवअधिकार आयोगले सुझाव दिएको छ । शुक्रबार मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेको हो । 

विज्ञप्तिमा सरकारले डा. केसीसँग विगतमा गरेका सम्झौताहरु कार्यान्वयन गर्न पनि सहयोग गरेको छ ।

‘उहाँको स्वास्थ्य अवस्था अस्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक–पटकको अनशनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएकाले संक्रमणको उच्च जोखिम रहेको बुझिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा चिकित्सा संघ लगायतका विभिन्न संघसंस्थाहरूले डा. केसीको जीवनरक्षाको पहल गरिदिन आयोगमा ज्ञापन पत्रले बुझाएकाले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

चिकित्सा शिक्षा जस्तो आधारभूत मानवअधिकारको विषयप्रति संवेदनशील हुन, डा. केसीसँग नेपाल सरकारले विगतमा गरेका सम्झौताप्रति गम्भीर हुँदै सार्वजनिक गर्न, जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न पनि आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ ।’ आयोगका सचिव वेद भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । 

डा. गोविन्द केसी विगत १२ दिनदेखि अनशनमा छन् । उनले १९ औं अनशन भदौ २९ गतेदेखि जुम्लामा सुरु गरेका हुन् । ९ औं दिनका दिन आफ्नो अनशनलाई काठमाडौंमा निरन्तरता दिने निर्णय गरेर उनी काठमाडौं आएका थिए । अहिले उनी त्रिवि शिक्षण अस्पतालको जनरल वार्डमा आमरण अनशनमा छन् ।





  • प्रकाशित मिति : असोज ९, २०७७ शुक्रबार १४:६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया